'बेबी बम्प सार्वजनिक गर्दै जाङमुले एमाले सचिव शेरधन लाई दिईन बधाई'

२ महिना अगाडि

नेकपा एमालेको सचिवमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका शुभेच्छुकहरूका लागि अर्को पनि खुशीको खबर आएको छ । उनी चाँडै बाबु बन्दैछन् ।

शेरधनकी पत्नी जाङ्मु शेर्पाले सामाजिक सञ्जालमार्फत दोस्रो खबर सार्वजनिक गरेकी हुन् । उनले पहिलोपटक आफ्नो बेबी बम्पसहितको तस्बिर पनि पोस्ट गरिन् । श्रीमानलाई एमाले सचिवमा निर्वाचित भएकोमा बधाई र शुभकामना दिने क्रममा जाङ्मुले आफू गर्भवती भएको घोषणा गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘आज पार्टीको सचिव जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएका मेरा जीवनसाथीलाई हृदयदेखि हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । यो खुसीसँगै, हाम्रो जीवनमा आउँदै गरेको सानो मुटुको धड्कनको खबर पनि तपाईँहरूसँग बाँड्न मन लाग्यो ।’

नयाँ जिम्मेवारी, नयाँ सपना, र नयाँ जीवनको यात्रामा सबैको माया, आशीर्वाद र शुभेच्छाका लागि उनले अपिल गरेकी छन् ।

शेरधनले २०७७ साल माघमा जाङ्मुसित विवाह गरेका थिए । उनले कोशीको मुख्यमन्त्री भएकै बेला बिहे गरेका हुन् । त्यसबेला उनको उमेर ४९ वर्ष थियो भने जाङ्मु २३ वर्षकी थिइन् । जाङ्मु सन् २०१८ की मिस मंगोल हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै