नेपालका राष्ट्रिय कृकेट टिमका प्रमुख सदस्य तथा लेग स्पिनर सन्दीप लामिछाने सात वर्षपछि बंगलादेशमा हुने बंगलादेश प्रिमियर लिग (बीपीएल) मा फर्कने भएका छन ।
सन्दिप लिगको १२ औं संस्करण (बीपीएल) २०२६ मा राजशाही वारियर्समा अनुबन्धित भएका छन्।
उपाधिका लागि जित्न सक्षम टोली निर्माण गरेको बताउदै राख्दै फ्रान्चाइजीले सामाजिक सञ्जालमा लामिछानेलाई अनुबन्ध गरेको जानकारी दिएको हो । , उनलाई हिमालयन म्याजिक भनेर स्वागत गरेको छ । लामिछानेले बीपीएल दोस्रो पटक खेल्ने भएका हुन ।
उनले यसअघि २०१८र१९ सिजनमा सिल्हेट सिक्सर्सका लागि खेलेका थिए। छ खेल खेलेका उनी चार विकेट लिएका थिए। त्यस बेलादेखि उनी इन्डियन कृकेट लिग आईपिएल क्यारेबियन प्रिमियर लिग (सीपीएल), बिग ब्यास लिग (बीबीएल) र ग्लोबल टी–२० क्यानडा जस्ता प्रतियोगिताहरू खेल्दै विश्वव्यापी टी–२० कृकेटमा सबैभन्दा बढी चिनिने एसोसिएट राष्ट्रका स्टार खेलाडीहरू मध्ये एक बनेका छन्।
२५ वर्षीय लामिछाने एकदिवसीय र टी(२० दुवैमा नेपालको आक्रमण बलिङ्गको मुख्य आधार हुन्। सन्दिपको नाममा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको नामको कृतिमान समेत रहेको छ । उनको टी–२० मा उत्कृष्ट इकोनोमी रेटमा ६८ इनिङ खेल्दै १२९ विकेट र समग्रमा १६० टी–२० मा २३० भन्दा बढी विकेट लियका छन।
आईसीसी पुरुष टी-२० बलिङ वरीयतामा, लामिछाने हाल ८१ औं स्थानमा छन् । राजशाही वारियर्सका टोली लामिछानेको अन्तर्राष्ट्रिय अनुभव, फ्रान्चाइज एक्सपोजर र विकेट लिने क्षमताले गेम जिताउन महत्वपूर्ण भूमिका खेल्ने विस्वास लिएको बताएका छन।
बंगलादेशका फ्यानहरूले उनलाई अन्तिम पटक २०२४ को आईसीसी टी-२० विश्वकपको समयमा नजिकबाट देखेका थिए, त्यती नेपालले समूह चरणमा बंगलादेशको सामना गरेको थियो । यस पटक, उनी वारियर्सको नेतृत्व गर्ने बंगलादेशका कप्तान नजमुल हुसेन शान्तो र एनपिएल खेलेका न्युजिल्याण्डका खेलाडी जिमी निसमसँग ड्रेसिङ रुम सेयर गर्नेछन्।
बंगलादेश प्रिमियर लिगको यही डिसेम्बर २६ बाट सुरु हुने तालिका छ।