'फाइनल प्रवेशका लागि विराटनगरलाई १३५ रनको लक्ष्य'

४ महिना अगाडि

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनल प्रवेशका लागि विराटनगर किङ्गस १३५ रनको लक्ष्य पाएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनायो ।

लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । रोहित ३४ रनमा आउट भए ।

दिनेश अधिकारी १, निरोशन डिक्वेला २९, सन्दीप जोरा ०, जेजे स्मिथ ०, दिलिप नाथ १ र शेर मल्ल ७ रनमा आउट भए । अभिषेश गौतम २ र रुवेन ट्रम्पलम्यान ११ रनमा अविजित रहे ।

बलिङमा विराटनगरका सुवाश भण्डारी र प्रतिश जिसीले ३–३ तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने