'अवैध लागूऔषध सहित आठ जना पक्राउ'

४ महिना अगाडि

चितवन प्रहरीले लागू औषध खैरो हिरोइन १४२ ग्राम ६८ मिलिग्रामसहित ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.३ टेडा घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नं. १० डेरा गरी बस्ने १९ वर्षीय अनवर अंसारी, २० वर्षीय रहिफुल्ला मिया ठकुराई, २० वर्षीय प्रवेज अंसारी, वडा नं. १ छप्कैया बस्ने २३ वर्षीया आईपा खातुन, भरतपुर महानगरपालिका वडा नं. ४ त्रिचोक बस्ने २१ वर्षीय सरोज तामाङ, वडा नं. १७ गोब्रेनी बस्ने २४ वर्षीय वसन नेपाली, वडा नं. २१ पार्वतीपुर बस्ने ३२ वर्षीय मनु भन्ने मनोज बि.क र ३६ वर्षीय भिम बहादुर तामाङ रहेका छन् ।

मंगलबार दिउँसो ४ बजे भरतपुर महानगरपालिका वडा नं. १० लाहुरेटोल स्थितमा लागु औषध बिक्री बितरण, ओसारपसार कार्य भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीका इन्चार्ज असई हरि भट्टराईको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

चेकजाँचको क्रममा उनीहरुको साथबाट लागू औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १४२ ग्राम ६८ मिलिग्राम बरामद गरी उक्त लागू औषधसहित उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पक्राउ परेकाहरुलाई लागू औषध सम्बन्धी कसूरमा चितवन जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)