'पाकिस्तानलाई हराउँदै यूएई र भारतलाई हराउँदै बङ्ग्लादेश पुगे १९ वर्षमुनिकाे एसिया कपकाे फाइनलमा'

२ वर्ष अगाडि

बुटवल । पाकिस्तानलाई हराउँदै यूएई पहिलाे पटक एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार भएकाे पहिलाे सेमिफाइनल खेलमा यूएईले पाकिस्तानलाई ११ रनले हरायाे ।

यूएईले दिएकाे १ सय ९४ रनकाे लक्ष्य पछ्याएकाे पाकिस्तानले ४९ ओभर ३ बलमा १ सय ८२ रन बनाउँदा अल आउट भयाे । पाकिस्तानका कप्तान साद बागले ५० र अजान अवैसले ४१ रन बनाए । बलिङतर्फ अयमान अहमद र हार्दिक पाईले समान २ विकेट लिए । पाकिस्तानका ३ जना खेलाडी रन आउट भए ।

त्यस्तै भारतलाई हराउँदै बङ्ग्लादेश १९ वर्षमुनिकाे एसिया कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आजै  भएकाे दाेस्राे सेमिफाइनल खेलमा बङ्ग्लादेशले भारतलाई ४ विकेटले हरायाे ।

भारतले दिएकाे १ सय ८९ रनकाे लक्ष्य बङ्ग्लादेशले ४२ ओभर ५ बलमा ६ विकेट गुमाएर भेटायाे । बङ्गलादेशका अरिफुल इस्लामले सर्वाधिक ९४ रन बनाए । यस्तै अहरर अमिनले ४४ रन जाेडे । बलिङतर्फ भारतका नमन तिवारीले ३ र राज लिम्बानीले २ विकेट लिए ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने