काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एिनपिएल) अन्तर्गत आज विराटनगर र चितवन राइनोज प्रतिस्पर्धा गर्ने छन् ।
त्रिवि क्रिकेट मैदानमा बुधबार दिउँसो ३ बजे खेल शुरु हुनेछ ।
विराटनगरले लगातर तीन खेलमा जित हासिल गरेको छ । विराटनगरको अंक ६ पुगेको छ भने तालिकामा दोस्रो स्थानमा कायम छ ।
यस्तै, चितवन राइनोजले यसअघि खुई खेलमा एक खेलमा मात्र जित हात पारेको छ । तालिकाको पाँचौँ स्थानमा रहेको चितवन राइनोजले आज आफ्नो खेलमा जितको खोजीसँगै तालिकामा उक्लने अवसर बनाउनु पर्नेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0