'मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु'

३ महिना अगाडि

झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्रदेश १–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय ३८ वर्षीय विनोद राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

सो मोटरसाइकल सडक किनारमा रोकेर राखिएको प्रदेश १–०१–००१ त ९९७७ नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक विनोद राउत र पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल घाइते भएका थिए ।

गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि वर्तामोडस्थित बीएन्डसी अस्पताल लागिएकोमा चालक राउतको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मोटरसाइकल पछाडि बसेका २१ वर्षीय निश्चल भुजेलको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै