ललितपुरको बालकुमारीस्थित सडकमा जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका-९ बालकुमारीस्थित सडकमा बागमती प्रदेश ०१-००३ क ५९३१ नम्बरको जिपको ठक्करबाट पैदलयात्री ललितपुर इमाडोल बस्ने कास्की घर भएकी ४५ वर्षीया नन्दु खवासको शुक्रबार बिहान मृत्यु भएको छ ।
जिपको ठक्करबाट गम्भीर घाइते भएकी उनको बीएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
जिप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0