आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ परेका चर्चित गायक तथा संगितकार बाबुल गिरी धरौटीमा रिहा भएका छन् ।
काठमाडौं जिल्ला अदालतले तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।
उनी बुधबार हिरासतबाट छुटेका हुन् । गायिक नितु पौडेल मृत भेटिएपछि प्रहरीले गिरीमाथि अनुसन्धान अघि बढाएको थियो । नितु गिरीकै अनामनगरस्थित स्टुडियोमा आत्मदाहको प्रयास गरेकी थिइन् ।
यता पौडेलेको परिवारले उनीहरू दुई जना प्रेम सम्बन्धमा रहेका र बाबुलले विवाह गर्न नमानेपछि आत्महत्या गरेको बताएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0