'अमेरिकाबाट थप ३५ नेपाल फर्काइए, म्यानमारबाट ३७ जनाको उद्दार'

३ महिना अगाडि

अवैध आप्रवासी फर्काउने क्रममा अमेरिकाले थप ३५ जना नेपालीलाई डिपोर्ट गरेको छ ।

अमेरिकाले फर्काएका एक महिलासहित ३५ जनालाई परिवारको जिम्मा लगाएर पठाइएको मानव वेचविखन व्युरोका प्रवक्ता एसपी विश्वराज खड्काले जानकारी दिए ।

त्यस्तै चीनिया गिरोहले म्यानमारमा लगेर अवैध काममा लगाएका ३७ जनालाई पनि त्यहाँको सरकारले उद्दार गरेर नेपाल पठाएको खड्काले बताए। थाइल्याण्ड हुँदै म्यानमार लगिएका नेपालीलाई साइबर स्क्यामिङको काममा लगाइएको थियो ।

अमेरिकाबाट फर्काइएकामध्ये ३३ जना अवैध बाटोबाट पुगेकाहरु रहेको र उनीहरु ५० लाखदेखि एक करोडसम्म दलाललाई बुझाएर गएको पाइएको छ । ३३ मध्ये १६ जना दाङका र १० जना रुकुमका रहेको खड्काले बताए । बाँकी २ जना विद्यार्थी र पर्यटक भिसामा गएर अवैधरुपमा बसेबापत जेल परेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै