'एनपीएलको उद्घाटन खेलमा साविक विजेता जनकपुर काठमाण्डु द्वारा पराजित'

३ महिना अगाडि

नेपाल प्रिमियर लिग NPL Season-2  को उद्घाटन खेलमा काठमाण्डु गोखार्जले साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।

जनकपुरले दिएको १३१ रनको लक्ष्य पछ्याएको काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

काठमाण्डुका लागि वेन चाल्र्सवर्थले सर्वाधिक ४६ रन बनाए । आकाश त्रिपाठीले ३९, भीम सार्की ३, मिलिन्द कुमार १९, जोन सिम्पसोन १३ रनको योगदान दिए । मोहम्मद आदिल आलम ८ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका किशोर महत्तो, अनिलकुमार शाह, ललित राजवंशी, जान निकोल लोफ्टी इन्र्टन र सञ्जय कृष्णमूर्तिले एकएक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरका लागि ओपनर आसिफ शेखले अर्थशतक पूरा गरे । उनले ४१ बलमा ५४ रन बनाए ।

ओपनर लाहिरु मिलान्था ७, कप्तान अनिलकुमार शाह ०, जान निकोल लोफ्टी इन्टोन २, सञ्जय कृष्णमूर्ति २ र लाहिरु सिमारकून २२ रन बनाएर आउट भए । मयन यादव ३४ र रुपेश सिंह ४ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका मिलिन्दले १५ रन खर्चेर ३ विकेट लिए । करण केसी, शाहव आलम र सन्तोष यादवले एकएक विकेट लिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै