मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ र भीमफेदी गाउँपालिका वडा नम्बर १ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
बा.प्र. ०३–००५ प ७९८० नम्बरको मोटरासाइकल झण्डै ४०र५० मिटर तल बुङदल खेलामा खसेर दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय मकवापुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार घटनास्थलमै मृत्यु भएका दुबै जनाको पहिचान खुल्न बाँकी रहेको छ । उनका अनुसार घटना शनिबार राति भएको हो ।
आइतबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेको र दुर्घटनाको विस्तृत विवरण सङ्कलन कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0