'धनुषामा एक महिलाको बीभत्स हत्या'

३ महिना अगाडि

धनुषामा एक महिलाको बीभत्स हत्या भएको छ ।

धनुषाको हंसपुर नगरपालिका-७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या भएको हो ।

सोमबार साँझ घरभन्दा ५०० मिटर टाढा खेतमा अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको धनुषाका प्रहरीका प्रवक्ता डीएसपी गणेश बमले जानकारी दिए ।

घटना पश्चात धनुषा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । घटनाबारे राति ९ बजे जानकारी प्राप्त भएको थियो । त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो ।

मृतक महिलाले लगाएका सुनचाँदीका गरगहनासमेत लुटेर लगेको पाइएको प्रहरीको भनाइ छ ।

स्थानीयका अनुसार महिला मिटरव्याज पीडित हुन् । त्यसकै निहुँमा उनको हत्या भएको आशंका प्रहरीको छ ।

प्रहरीले लुटिएको गहना बरामद गरेको छ । कसले लुटेको भनेर खुलाएको छैन ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै