सगरमाथा आवासीय मा.वि. देवदह–७, शीतलनगमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुका अभिभावक र शिक्षकहरु बिच एक बृहत अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
विद्यालयको सभाहलमा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा अभिभावकहरुले विभिन्न रचनात्मक सुझावहरु राख्दै आउदै गरेको क्भ्भ् परीक्षामा उच्चतम जि.पि.ए ल्याउनका लागि अतिरिक्त कक्षाहरु सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा कक्षा शिक्षकहरु विश्व पौडेल र सुमन पाण्डेले विद्यार्थीहरुको शैक्षिक एवम् अन्य क्रियाकलापसहितको रिपोट प्रस्तुत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य श्री कृष्ण प्रसाद पौडेलले अभिभावकहरुलाई आफ्ना सन्तानका व्यावहारिक क्रियाकलापहरुमा सहभागी गराई उनीहरुलाई हौसला दिनुपर्ने कुरामा जोड दिनुभयो ।
संस्कार विनाको शिक्षा घातक हुने भएकोले शिक्षालाई व्यावहारिक रुपमा जीवन उपयोगी बनाउन पर्ने कुरा प्रष्ट पानुभयो । कक्षा १० का ६५ अभिभावकहरुको सहभागिता रहेको उक्त कार्यक्रम विद्यालयका प्राचार्य कृष्ण पौडेलको अध्यक्षता र सह प्राचार्य श्री प्रदिप अधिकारीको सञ्चालनमा सम्पन्न भयो ।