'देवदह व्यापार संघको अध्यक्षमा माधव ढकाल निर्वाचित'

३ महिना अगाडि

देवदह । देवदह व्यापार संघको ११औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले माधव ढकाललाई अध्यक्षमा निर्वाचित गरेको छ। शनिबार सम्पन्न अधिवेशनबाट अध्यक्षसहित २३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको हो। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पिताम्वर खरेल, उपाध्यक्ष हरिलाल भण्डारी, महासचिव विष्णुप्रसाद अर्याल, सचिव रामबहादुर गुरुङ, कोषाध्यक्ष रमेश खरेल र सह–कोषाध्यक्ष गीता घिमिरे चयन भएका छन्।

त्यस्तै सदस्यहरूमा सविता भण्डारी, बोधराज गौडेल, विशाल भट्टराई, मित्रबहादुर थापा, पवनकुमार बानिया, विरबहादुर राना, राधा चापागाई, खेमराज सुवेदी, दिलकुमारी रेग्मी, अर्जुनकुमार रेग्मी, विष्णुप्रसाद पाण्डे, केशवराज पौडेल, भिमलाल काफ्ले, बेदप्रसाद न्यौपाने, पुनाराम तिवारी र अजयकुमार गुप्ता निर्वाचित भएका छन्। अधिवेशनले लिलावल्लभ भट्टराईको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरेको छ, जसमा टिकाराम चापागाई र प्रर्णप्रसाद पौडेल सदस्य रहेका छन्।

कार्यक्रमको उद्घाटन गर्दै देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेलले व्यवसायीहरूको सहयोग विना कालोबजारी नियन्त्रण सम्भव नहुने बताउनुभयो। उहाँले राज्यलाई बलियो बनाउन नागरिकको पनि बराबरको जिम्मेवारी हुने स्मरण गराउँदै राजश्व छलेर ल्याइएको सामानको कारोबारमा संलग्नलाई कानूनी कारबाही गर्ने चेतावनी दिनुभयो। नगर प्रमुख खरेलले देवदहलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्न नगरपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आएको जानकारी दिँदै कृषि व्यवसाय प्रवर्द्धनमा स्थानीय व्यवसायीहरूको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

कार्यक्रम संघका अधक्ष्य कोष बहादुर गुरुङको अधक्ष्यता र महासचिव हरिलाल भण्डारीको संचालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै