'अव सरकारी प्रेसबाटै लाइसेन्स छापिने, ६ महिना भित्र सबैको हातमा पुर्याउने संञ्चारमन्त्री खरेलको दावी'

३ महिना अगाडि

काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्य शुरू भएको छ ।

शुक्रबार केन्द्रमा पुगेर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्यको सुरूवात गरे । हाल यातायात व्यवस्था विभागबाट प्राप्त डाटा अनुसार दैनिक करिब ५ सय वटा लाइसेन्स छापिने बताइएको छ ।

६ महिनाभित्र छाप्न बाँकी सबै लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहेको मन्त्री खरेलले बताए । लाखौं सेवाग्रही लाइसेन्स नपाएर कागज बोकेर हिँड्नुपर्ने अवस्थाको अब अन्त्य हुने खरेलले विश्वस्त पारे । यसअघिको लाइसेन्सको लागत ३ सय रूपैया पर्नेमा अब केन्द्रबाट छापिने लाइसेन्सको लागत २ सय रूपैयामात्रै लाग्ने उनले जानकारी दिए ।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानुनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइ सुरु गरिएको बताए । पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप आजबाट काम सुरू गरिएको उनले सुनाए । सुरुमा दैनिक पाँच सय छाप्ने र यसको मात्रा बढाउँदै लगिने केन्द्रले जनाएको छ ।

कार्यकारी निर्देशक ढुङ्गानाका अनुसार आजैदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ गर्न सकिनेछ । सुरक्षण मुद्रण केन्द्रमा हालसम्म झण्डै तीन अर्ब लगानी भएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै