हङकङ सिक्सेसमा नेपाल अफगानिस्तानसंग १७ रनले पराजित भएको छ ।
अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि सन्दीप जोराले १४ बलमा अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त हुन सकेन । नेपालको लागि आदिल आलम र रसिद खानले ११ ११ रन बनाए भने लोकेश बम १० रन बनाउदै आउट भए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा ५ विकेट गुमाएर ११२ रन बनाएको थियो। अफगानिस्तानका लागि करिम जनातले सर्वाधिक ३५ रन बनाए ।
बलिङमा नेपालका रसिद खानले ह्याट्रिक सहित ४ विकेट लिए भने लोकेश बमले एक विकेट लिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0