गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको समयमा केन्द्रिय कारागार काठमाडौँबाट भागेका एक जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय प्युठानले पक्राउ गरेको छ ।
झिमरुक गाउँपालिका–१ निवासी २४ वर्षीय सन्तोष विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक युवनकुमार चौधरीले जानकारी दिए।
कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सन्तोषकै घरबाट पक्राउ गरी बिहीबार आवश्यक कारबाहीका लागि प्यूठान कारागार पठाइएको बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0