सेयर बजार फेरि २६ सयभन्दा तल झरेको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंक घटेसँगै २५९५ मा कायम भएको छ ।
कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ६ अर्ब ५ करोडको कारोबार भएकोमा आज ५ अर्ब १५ करोडको भयो । ३३ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने ३ को स्थिर रह्यो ।
सेयर बजारका सबै सूचक झरे, नेप्से २६ सयभन्दा तलसबै समूहका सूचक घटेका छन् । फाइनान्स सबैभन्दा धेरै २२१ प्रतिशत घट्यो । बैंकिङ ०.६६, विकास बैंक १.४७, होटल तथा पर्यटन ०.९३, हाइड्रोपावर १.२१, लगानी ०.८७, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.२१, अन्य १.८१ तथा व्यापार ०.११ प्रतिशत घटे ।
आजबाट कारोबार भएको माबिलुङ इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । सो वृद्धिसँगै कम्पनीको मूल्य ३४९.४० रुपैयाँ पुगेको छ । त्यस्तै फर्स्ट माइक्रोफाइनान्सको ९.२०, विन्ध्यबासिनी हाइड्रोपावरको ६.३८, सम्पदा लघुवित्तको ५.५४ तथा अभियान लघुवित्तको ५.०१ प्रतिशत मूल्य घट्यो ।
मुक्तिनाथ कृषि कम्पनीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । एक्सल डेभलपमेन्ट बैंकको ७.०९, पन्चकन्या माइ हाइड्रोपावरको ५.३१ प्रतिशत घट्यो । रकमका आधारमा आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, युनियन हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी र शिवम् सिमेन्ट रहे ।