'भैरहवास्थित होटल निर्वाणा गेट अगाडि गोली चल्यो'

४ महिना अगाडि

रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ ।

गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् ।

गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो । विवाद गर्दै सो समूह होटलको गेट अगाडि आइपुगेको थियो । त्यसैक्रममा एक समूहले गोली चलाएको थियो ।

गोली चलाउने समूहमा रहेका तीन जना फरार भएको एसपी क्षेत्रीले बताए । उनका अनुसार उनीहरुको खोजी भइरहेको छ ।

फरार व्यक्तिहरुबारे क्यासिनोमा रहेका केही व्यक्तिहरुसँग सोधपुछ भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै