अर्घाखाँचीको दुर्गाफाटमा मोटरसाईकल दुर्घटनामा परि २ को मृत्यु भएको छ भने एकजना घाइते भएका छन ।
प्रहरी चौकी खिदिमका अनुसार सोमवार साझ करिव ८ बजेको समयमा पाणीनी गाउपालिका–३ दुर्घाफाटमा निगाली बाट दुर्घाफाट तर्फ आउदै गरेको ना ३६ प ३५०९ नंम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा
दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने एकजना घाईते भएका छन ।
घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल सन्धिखर्क पठाईएकोमा थप उपचारको लागि पाल्पा पठाएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक अर्घाखाँची पाणीनि ४ निगालीका १८ बर्षिय गौतम बिक र सोही स्थानका २४ बर्षिय सागर बि.क. रहेका छन ।
घाईते २५ बर्षिय को सन्तोष घर्ती रहेको प्रहरीले जनाएको छ । मोटरसाईकलमा तिन जना सवार रहेको र ओभर स्पिडमा हुदा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।