'कार दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते'

४ महिना अगाडि

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाँउपालिका–६, चैनपुरमा मङ्गलबार कार दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कारमा सवार मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका–१७ निवासी ६५ वर्षीय ओमबहादुर अर्जेल रहेका छन् ।
त्यस्तै उहाँको श्रीमती ४९ वर्षिया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा. ७ च. ७५५४ नम्बरको उक्त कार आफै अनियन्त्रीत भई सडकबाट करिब ४२ फिट तल खसेर दुर्घटना भएको हो ।

तत्काल उद्धार गरी तीनै जना घाइतेलाई आत्मिय सामुदायिक अस्पताल खाल्टेमा उपचारका लागि ल्याइएकोमा कार चालकसमेत रहनुभएका ओमबहादुरलाई चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।

अन्य दुबै जना घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

ग्याल्पो ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक पर्यटनलाई बल पु¥याउँछ:मुख्यमन्त्री आचार्य

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास