'संस्कृतिको संरक्षणका लागि रोहिणी सांस्कृतिक मञ्चको देउसी–भैलो अभियान'

६ महिना अगाडि

देवदह । स्थानीय संस्कृति र लोक परम्पराको संरक्षण गर्न रोहिणी सांस्कृतिक मञ्चले यस वर्ष देवदह क्षेत्रमा विशेष देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। सोमवार आयोजित पत्रकार भेटघाटमा मञ्चका प्रतिनिधिहरूले नयाँ पुस्तालाई संस्कृतिप्रति आकर्षित गराउने उद्देश्यसहित यो कार्यक्रम अघि सारिएको जानकारी दिए।

मञ्चका अध्यक्ष प्रितम थापाका अनुसार, देउसी–भैलोमार्फत संकलित रकमबाट देवदहमा संगीत र सांस्कृतिक गतिविधिहरूलाई प्रवर्द्धन गर्न लगानी गरिनेछ। उनले मञ्चले यसपालि १० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको र व्यवस्थापनका लागि करिब ४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए।

थापाले देवदहको ऐतिहासिक पहिचान र सांस्कृतिक वैभवलाई देश–विदेशमा चिनाउन निरन्तर अभियान चलाइरहेको उल्लेख गरे। उनका अनुसार, संकलित रकमबाट स्थानीय विद्यार्थीहरूका लागि संगीत सम्बन्धी छात्रवृत्ति कार्यक्रम सुरु गरिनेछ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष केशव पराजुली, सचिव भगेन्द्र भगत, सह–सचिव मुक्ति चापागाईं, र वडा सदस्य झमकुमारी थापालगायतको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे