'अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि'

४ महिना अगाडि

नेपालले आईसीसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ ।

ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित उपाधि जितेको हो

आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर सिक्सको अन्तिम खेलले नेपालले सामोआलाई १२४ रनले पराजित गर्दै उपाधी चुमेको छ । नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछयाएकोसामोआले २० ओभरमा ७ विकेट गुमाउदै ८७ रन मात्र बनाउन सक्यो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको थियो ।

नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरे । आसिफ शेख ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए । कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए । कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे ।

नेपालले यो जितसंगै छनोटको ट्रफी जितेको छ । यो छनोटबाट नेपाल, ओमान र युएई शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुगिसकेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै