'जेनजी भन्दै विभिन्न सरकारी कार्यालय गएर धम्क्याउने अर्जुन शाही पक्राउ'

४ महिना अगाडि

जेनजी भन्दै विभिन्न सरकारी कार्यालय गएर धम्क्याउने अर्जुन शाही पक्राउ परेका छन् ।

उनलाई कोटेश्वरबाट बुधबार साँझ साढे ७ बजे पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

विभिन्न अपराधिक मुद्दामा फरार देखिएकाले पक्राउ गरिएको भट्टराईले बताएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको उनले जनाए ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय शाहीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदअंप अधिकारीलाई धम्क्याउँदै राजीनामा मागेका थिए ।

अख्तियार, नेवानीमा पनि ज्ञापन पत्रसहित राजीनामा माग्न पसेका थिए । सुशीला कार्कीको शपथको क्रममा सुधनसँगै जेनजीको सहसंयोजक बनेर शीतल निवास छिरेका थिए ।

इलाम २ बाट डोजर चिन्हमा उपचुनावमा उठेका उनले जम्मा ५५ भोटमात्र पाएका थिए ।बैंकिङ कसुर, वैदेशिक रोजगारी ठगीलगायतका विभिन्न आपराधिक कसुरमा शाही फरार थिए ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

देवदहमा साइबर सुरक्षा सचेतना कार्यक्रम: ७७६ विद्यार्थी लाभान्वित

भ्रष्टाचार अन्त्य र सुकुम्बासी समस्या समाधान मेरो मुख्य संकल्प: प्रज्जवल बोहरा

रुपन्देही एकलाई कृषिको पकेट क्षेत्र बनाउने योजना छ : उम्मेद्वार खत्री

तमु प्ये ल्हु सङ्घ भैरहवाको रजत महोत्सव तयारी: संस्कृति संरक्षण र समुदाय एकताको सन्देश

सव-इन्जिनियर प्रमोदकुमार यादवको हत्या विरोधमा सर्लाहीका सबै सरकारी कार्यालय ठप्प

राप्रपाद्वारा दुर्गा प्रसाईंको अविलम्ब रिहाइको माग

भैरहवामा शंकास्पद वस्तु फेला, क्यानभित्र माटो–ढुङ्गा राखेर त्रास फैलाउने प्रयास

टी-२० विश्वकपमा नेपाले समुह चरणको अन्तिम खेल स्कटल्याण्ड संग खेल्दै