'यूएईमा पछिल्लो दुई महिनामा ५१ जना नेपालीको मृत्यु'

६ महिना अगाडि

खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई) मा पछिल्लो दुई महिनामा ५१ जना नेपालीको मृत्यु भएको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका ५१ जनाको मृत्यु भएको हो । २०८२ साउनमा ३२ र भदौमा १९ जना नेपालीको मृत्यु यूएईमा भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा यूएईमा ६२ जना नेपालीले ज्यान गुमाएका थिए ।

नेपाली दूतावासका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो । गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए ।

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने