'डान्स अफ देवदहबाट १० प्रतिस्पर्धी फाइनल राउण्डमा छनोट'

७ महिना अगाडि

देवदह । रुपन्देहीको देवदहमा संचालित डान्स अफ देवदह प्रतियोगिता अन्र्तगत १० जना छनोट भएको छ । द फ्लाई हाई डान्स स्टुडियो देवदहको आयोजनामा भएको डान्स अफ देवदह अन्र्तगत भएको प्रतियोगिताबाट १० जना चयन भएको हो ।

प्रतियोगिता अन्र्तगत आरध्या पौडेल, एडिना क्षेत्री, टिना फौजालीमगर, सलुना थापा, जिया बानिया, अकेशा थापा, यूनिका पुन, परिशा शाही, नुराग सारु, जेनिक्षा घर्ती चयन भएको आयोजकले जनाएको छ । प्रतियोगितामा साजन गुरुङ्ग, कृष्णकुमारी घलेले निर्णायकको भूमिका निर्वाह गरेको थियो । ३० जना प्रतियोगितबाट अन्तिम राउण्डको लागि १० जना छनोट भएको सल्लाहकार विश्व गुरुङ्गले जानकारी दिनु भयो । फाईनल राउण्डमा १० जना प्रतियोगिबाट विजेता छनोट हुने जानकारी दिनु भयो ।

प्रतियोगिताको फाईनल राउण्डमा १० जनाले प्रतिस्र्धा गर्ने र प्रतियोगिताको विजेताले नगद ५० हजार, द्धितिय हुनेले नगद २५ हजार र तृतिय हुनेले नगद १५ हजार प्राप्त गर्ने गुरुङ्गले जानकारी दिनु भयो । प्रतियोगितामा भोटिङ्गको कुनै कार्यक्रम नरहेको जानकारी दिदै प्रतियोगिताले वालवालिकाले आफुमा रहेको प्रतिभा प्रस्फुटन गर्न सक्ने सल्लाहकार गुरुङ्गले बताउनु भयो । देवदह नगरपालिकाको स्वीकृत लिएर कार्यक्रमको आयोजना गरेको बताउदै विद्यार्थीहरुको पढाईलाई मध्यनजर गर्र्दै हरेक हप्ताको शनिवार मात्र कार्यक्रमको आयोजना गरेको उहाले जानकारी दिनु भयो ।

प्रतियोगिता सम्पन्न गर्न करिव ३ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष गुरुङ्गले जानकारी दिनु भयो । द फ्लाई हाई डान्स स्टुडियोका अध्यक्ष तुल्सा पुनको अध्यक्षता र कार्यक्रम संयोजक रोहन रानाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे