देवदह । हरितालिका तीजको अवसर पारेर सेभेन स्टार ई.बो. स्कुलको सहयोगमा सेभेन स्टार जुनियर रेडक्रस सर्कलले नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । कार्यक्रम जुनियर रेडक्रस सर्कलका अध्यक्ष प्रिन्स श्रेष्ठको अधक्ष्यता र विद्यालयका प्राचार्य टिकाराम चापागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य टिकाराम चापागाईले अतिरिक्त क्रियाकलापले विद्यार्थीलाई अतिरिक्त ज्ञान प्रदान गर्ने उल्लेख गर्दै सबै विद्यार्थीको क्षमता, रुचि र आवश्यकतामा भिन्नता हुने भएकाले यस किसिमका गतिविधिले सबैलाई अवसर प्रदान गर्ने बताउनुभयो।
प्रतियोगितामा मोन्टेस्वरीदेखि कक्षा दशसम्मका विद्यार्थीहरुले कक्षागत तथा सदनगत समूहमा भाग लिएका थिए । मन्टेश्वरी देखि कक्षा १ सम्मको समूहमा आठ समूहले भाग लिएका थिए । जसमा प्रथम कक्षा १, द्वितीय यूकेजी र तृतीय एलकेजी रहेका छन् । कक्षा २ देखि ४ सम्मको समूहमा एघारौं समूहले भाग लिएका थिए । जसमा प्रथम कक्षा ४, द्वितीय कक्षा ३ र तृतीय कक्षा २ भएका छन् । त्यस्तै कक्षा ५ देखि ७ सम्मको समूहमा पाँच हाउसमध्ये ओसियन हाउस ( बिन्दिया केसीको समूह ) प्रथम, माउन्टेन हाउस (अनामिका श्रेष्ठको समूह ) द्वितीय र अमेजन हाउस (सन्ध्या भट्टराईको समूह ) तृतीय भएका छन् । कक्षा ८ देखि १० सम्मको समूहमा पाँच हाउसमध्ये माउन्टेन हाउस प्रथम, अमेजन हाउस द्वितीय र ओसियन हाउस तृतीय भएका छन् । प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई अबिर, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रबन्धक निर्देशक मोहन गिरी, सह–प्राचार्य तिर्थराज पन्ती, लेखा संयोजक रमेश खनाल, परीक्षा संयोजक संकर पौडल, खेलकुद संयोजक कमल गिरी, प्रि–प्राथमिक इन्चार्ज प्रतिमा श्रेष्ठ तथा प्राथमिक इन्चार्ज बाबुराम गिरी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सूर्य डुम्रेको संचालनमा सम्पन्न भएको थियो ।