'कोलिय साकोसद्वारा आयोजित तीज गीत प्रतियोगिता, प्रदिपनगर दिदिबहिनी क्लब प्रथम'

८ महिना अगाडि

देवदह । रुपन्देहीको देवदहमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ।कोलिय देवदह बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सहकारीका दिदिबहिनी क्लबस्तरीय प्रतियोगिता सम्पन्न भएको हो। ११ टिमको सहभागिता रहेको प्रतियोगितामा निर्णायक मण्डलमा कृष्ण नेपाल, सम्झना रणपाल र रितु थापा रहेका थिए ।

प्रतियोगितामा प्रदिपनगर दिदिबहिनी क्लब तिलोत्तमा–८ प्रथम, शिवपुर दिदिबहिनी तिलोत्तमा द्वितीय, शिवालय सृजनशील देवदह तृतीय तथा रामपुर दिदिबहिनी रामपुरले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

विजेताहरुलाई क्रमशः प्रथम पुरस्कार १५ हजार, द्वितीय १२ हजार, तृतीय ९ हजार र सान्त्वना पुरस्कार ५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको व्यवस्थापक विनोद पराजुलीले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले तीज पर्वले महिलाको उत्साह, एकता र सृजनशीलतालाई उजागर गर्ने भएकाले यस किसिमका प्रतियोगिताले समाजमा सकारात्मक सन्देश दिने बताइन् । उनले भनिन्, “महिलाको प्रतिभा र संस्कृतिको संरक्षणमा तीज गीत प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको छ । यसले हाम्रो मौलिक संस्कृतिलाई अझै बलियो बनाउनेछ ।”

कार्यक्रम संस्थाको अध्यक्ष ऋषिराम सापकोटाको अध्यक्षता, तीज गित प्रतियोगिताका संयोजक, संचालक समिति सदस्य पार्वती न्यौपानेको स्वागत र सचीव कृष्ण राज पौडेलको संचालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे