'शिक्षा क्षेत्रमा अब्बल बन्दै छ बुटवल'

९ महिना अगाडि

बुटवल। गत साता सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा बुटवलका ४० जना विद्यार्थीले चार जिपिए ल्याउन सफल भए ।

जानकारका अनुसार यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । त्योभन्दा तल्ला ग्रेड ल्याएर उत्तीर्ण हुने विद्यार्थी बुटवलमा ठुलो सङ्ख्यामा छन् । यो तथ्याङ्कबाट पुष्टि हुन्छ कि बुटवल अब बिस्तारै शैक्षिक केन्द्रका रूपमा विकसित हुँदै छ ।

बुटवलका सामुदायिक र संस्थागत विद्यालयले प्राप्त गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजाले पनि बुटवल शैक्षिक केन्द्रका रूपमा विकास हुँदै छ भन्ने कुरा पुष्टि गर्छ । एसइईपछि के विषय रोज्ने ? के पढ्ने ? कहाँ पढ्ने ? भन्ने विषयमा विद्यार्थीबिच अहिले कुनै अन्योल छैन किनभने बुटवल शैक्षिक गन्तव्य बनिसकेको छ ।

अभिभावकमा समेत आफ्ना छोराछोरीलाई कहाँ र के पढाउने भन्ने अन्योल बुटवलका विद्यालयले मेटाउन सफल भएका छन् । ती सबै अन्योल चिर्न बुटवलका विद्यालय सक्षम छन् । बुटवलका विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, शिक्षा, मानविकी, व्यवस्थापन, कानुन, सूचना प्रविधि र प्राविधिक विषय अध्ययन अध्यापन हुँदै आएको छ । अधिकांश विद्यार्थीका छनोटका विषय पनि यिनै बन्ने गरेको छ ।

बुटवलमा देशमै उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरू प्रशस्त छन् । बुटवलका उच्च माध्यमिक विद्यालयमा अध्ययन गरेकाहरू डाक्टर, इन्जिनियर मात्रै होइन सरकारी सेवामा प्रवेश गरेका प्रशस्त उदाहरण छन् ।

विद्यार्थीलाई विषय रोज्ने विभिन्न विकल्प छन् तर विद्यार्थीले कुन विषय पढ्ने हो र भविष्यमा कुन क्षेत्रमा करियर बनाउने भन्ने कुरा विद्यार्थीमै निर्भर हुन्छ ।

केही समय अघिसम्म बुटवलबाटै एसएलसीमा बोर्ड प्रथम भएका विद्यार्थी बुटवल बाहिर गएर अध्ययन गर्नुपर्ने अवस्था थियो तर पछिल्लो समय बुटवलमै कक्षा ११/१२ मा राम्रो अध्ययनको अवसर जुरेकाले विद्यार्थीलाई बाहिर जानुपर्ने बाध्यता छैन । बुटवलका निजी तथा सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थी सयौँको सङ्ख्यामा डाक्टर, इन्जिनियर बनेका छन् । त्यसको आधार यही बुटवलका विद्यालयले तयार गरेका छन् ।

बुटवलका क्याम्पसमा भविष्य खोज्ने विद्यार्थीको चाप कति हुन्छ भन्ने कुरा केही वर्षयताका बुटवलका ठुला क्याम्पसमा भर्नाका लागि विद्यार्थीको चाप देखेरै बुझ्न सकिन्छ । रुपन्देहीमा ९७ वटा विद्यालय रहेका छन् । त्यसमध्ये ३९ वटा सामुदायिक विद्यालय र ५८ वटा संस्थागत विद्यालय रहेका छन् । त्यस्तै चार मदरसा, एक धार्मिक विद्यालय र तीन प्राविधिक शिक्षालय सञ्चालनमा छन् ।

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय अन्तर्गतका २५ वटा क्याम्पस बुटवलमा सञ्चालनमा छन् । माध्यमिक विद्यालयले मात्रै होइन, बुटवल बहुमुखी क्याम्पस, लुम्बिनी वाणिज्य क्याम्पस, कालिका क्याम्पस र सिद्धार्थ गौतम बुद्ध क्याम्पसलगायतका ठुला तथा स्नातकोत्तरसम्म अध्यापन हुने विद्यालयले पनि विज्ञान, शिक्षा, व्यवस्थापन र मानविकीतर्फका विद्यार्थीलाई अध्ययनको अवसर जुराएका छन् । बुटवलमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, समाजशास्त्र, ग्रामीण विकास, होटेल म्यानेजमेन्ट, कानुन, सूचना प्रविधि, सामाजिक मनोविज्ञान जस्ता विषयमा पढाइ हुँदै आएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने