'अनेरास्ववियु रुपन्देही द्वारा उत्कृष्ट विद्यार्थीलाई सम्मान (फाेटाे फिचर)'

९ महिना अगाडि

बुटवल । अनेरास्ववियु रुपन्देहीले एसईई मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले असार २२ गते आइतवार रुपन्देही जिल्लाबाट २०८१ सालको एसईई मा परिक्षामा सामेल भई ३।६ जिपिए भन्दा माथि अंक ल्याई उत्कृष्ट हुने २४९५ जना विद्यार्थीलाई सम्मान गरेको हो ।

रुपन्देही जिल्लाका सामुदायिक तथा नीजि विद्यालयहरुबाट उत्कृष्ट अंक ४ जिपिए ल्याउने ८८ जना र ए प्लस ल्याउने २४०७ जना विद्यार्थीहरुलाई सम्मान गरीएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले जानकारी गराएका छन् ।

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डा.सुजन कडेरियाको आतिथ्यता रहेको थियो ।

बुटवल मण्डपको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बिहान ११ बजेदेखि सुरु कार्यक्रममा रुपन्देही जिल्लाका ३२ वटा विद्यालयबाट ८८ जना विद्यार्थीले ४ जिपिए ल्याएको र अन्य करिव १६८ विद्यालयबाट ३.६ जिपिए भन्दा माथि ल्याउने २ हजार ४ सय ७ जना विद्यार्थीलाई सम्मान गरिएको अनेरास्ववियु जिल्ला कमिटी सचिव सुमित सापकोटाले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने