'अनेरास्ववियु रुपन्देहीले एसईई मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गर्दै'

९ महिना अगाडि

रुपन्देही । अनेरास्ववियु रुपन्देही जिल्ला कमिटीले असार २२ गते आइतवार रुपन्देही जिल्लाबाट २०८१ सालको एस.ई.ई. मा परिक्षामा सामेल भई ३.६ जिपिए भन्दा माथि अंक ल्याई उत्कृष्ट हुने २४९५ जना विद्यार्थीलाई सम्मान गर्ने भएको छ ।

रुपन्देही जिल्लाका सामुदायिक तथा नीजि विद्यालयहरुबाट उत्कृष्ट अंक ४ जिपिए ल्याउने ८८ जना र ए प्लस ल्याउने २४०७ जना विद्यार्थीहरुलाई सम्मान गर्ने तयारी पुरा भएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले जानकारी गराएका छन् ।

नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा नेपाल सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष डा.सुजन कडेरियाको समेत आतिथ्यता रहने छ ।

कार्यक्रम आइतबार बिहान ११ बजेदेखि बुटवल मण्डपको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बिहान ११ बजेदेखि सुरु हुने गरी तयारी भएको र सम्पूर्ण विद्यालयहरुलाई पत्रचार गरिएको अनेरास्ववियु रुपन्देहीका उपाध्यक्ष अर्जुन गैरेले बताएका छन् ।

रुपन्देही जिल्लाका ३२ वटा विद्यालयबाट ८८ जना विद्यार्थीले ४ जिपिए ल्याएको र अन्य करिव १६८ विद्यालयबाट ३.६ जिपिए भन्दा माथि ल्याउने २ हजार ४ सय ७ जना विद्यार्थी रहेको अनेरास्ववियु जिल्ला कमिटी सचिव सुमित सापकोटाले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे