यू-१६ इस्ट जोन कपमा भुटानविरुद्ध व्याटिङ्ग गर्दै रौनक श्रीवास्तावले १३२ बलमा १६८ रनको शतकीय पारी खेल्दै नेपाली खेलाडीले अन्तराष्ट्रिय खेलमा बनाएको उच्च रन बनाएका छन ।
श्रीवास्तवले नेपालको उमेर समूह क्रिकेट इतिहासकै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर बनाएका हुन । यसअघि यो कीर्तिमान अर्जुन कुमालको नाममा थियो ।अर्जुनले एसीसी यु १९ प्रिमियरकपमा साउदी अरेबियाविरुद्ध १४२ रन बनाएका थिए। आज रौनकले त्यो रेकर्ड तोड्दै १६८ रनको ऐतिहासिक इनिङ्स खेलेका हुन ।
यस अघी यू-१६ इस्ट जोन कपमा इन्डोनेसिया संगको खेलमा प्रशिद्ध जैशीले ११४ बलमा १३२ व्यक्तिगत रन बनाउँदा नेपालले इन्डोनेशियालाई ३७० रनले पराजित गरेको थियो ।
सेक्टेम्बर २७, २०२३ मा चिनको हान्जाउमा जारी १९औं एसियाड अन्तर्गत पुरुष क्रिकेटमा नेपाली खेलाडी कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्का सहित १३७ रनमा नट आउट रहदै टी २० आई इतिहास कै सर्वाधिक छिटो ३४ बलमा शतक पूरा गर्ने खेलाडी बनेका थिए ।
कुशलले ३४ बलमै शतक पूरा गर्दै डेविड मिलर, रोहित शर्मा र सुदेश विक्रमाशेखरको ३५ बलको कीर्तिमान तोडेका थिए ।
त्यसो त सोही खेलको १८.१ ओभरमा कृजमा पुगेका दिपेन्द्रसिह ऐरीले लगातार ६ छक्का हान्दै ९ बलमा अर्धशतक पुरा गरी कसैले तोड्न नसक्ने विश्व रेकर्ड बनाएका छन । दीपेन्द्रले यसअघि युवराज सिंहको नाममा रहेको १२ बलमा अर्धशतक बनाउने कीर्तिमान तोडेका हुन । यसरी दुई खेलाडी चम्किदा नेपालले मंगोलिया विरुद्ध टि २० सिरिजमा उच्च रन ३१४ को योगफल तयार गरेको थियो ।
अप्रिल १३, २०२४ मा एसीसी पुरुष प्रिमियर कप अन्तर्गत कतार संगको खेलमा पनी दिपेन्द्रको ६ छक्काको रेकर्ड रहेको छ यसरी दुई पटकसम्म लगातार ६ छक्का हान्ने एकमात्र खेलाडी दिपेन्द्र बनेका छन ।
२०७८ बैशाख ७ गते त्रिकोणात्मक टी-२० सिरिज अन्तरगत भएको नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेपालका ओपनर कुशल भुर्तेल करिअरको पहिलो तीन टी-२० म्याचमा लगातार अर्धशतक प्रहार गर्ने उनी विश्वकै पहिलो ब्याट्सम्यान बनेका थिए ।उनले आफ्नो डेब्यू खेलमा नेदरल्यान्ड्सविरुद्ध र दोस्रो खेलमा मलेसियाविरुद्ध अर्धशतकीय पारी खेलेका थिए ।
अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा लगातार अर्धशतकको रेकर्ड न्यूजिल्याण्डका ब्रान्डन म्याकुलम र वेस्ट इन्डिजका क्रिस गेलको नाममा छ । उनीहरुले लगातार ४ अर्धसतक हानेका थिए ।
त्यस्तै नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका छन् । २०८० बैशाख ८ मा ओमानविरुद्ध आफ्नो पहिलो ओभर र १२औं ओभरमा विकेट लिदै छिटो १०० विकेट लिने खेलाडीको नाम आफ्नो नाममा गरेका हुन ।
अफगानिस्तानका प्रख्यात बलर रसिद खानलाई पछि पार्दै उनले १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । रसिदले ४४ ओडीआईमा १०० विकेट लिएर सन् २०१८ मा विश्व कीर्तिमान बनाएका थिए । त्यसलाई तोडेर सन्दीपले ४२ ओडीआइमा सय विकेट लिएका छन् ।
यो संगै नेपालबाट १०० विकेट पुरा गर्ने अर्का खेलाडी हुन करण केसी । स्कटल्याण्डमा भएको त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत स्कटल्याण्डसँगको खेलमा विकेट लिँदै उनले कोशेढुंगा पार गरेका हुन् ।
यद्यपी नेपालले कुनै कुनै त बिर्सिनै नसक्ने खेल खेलको छ । विश्वकपमा बंगलादेश संग एक रनले पराजित हुदाको अवस्था होस वा स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२० आई सिरिजमा नेदरल्यान्ड्स संगको खेल तेस्रो सुपर ओभर सम्म पुगेको अवस्थालाइ नेपाली दर्शक तथा विश्व कृकेटले सायद बिर्सदैन । नेपाली कृकेट खेलाडीहरूको खेल यति उतारचढावले भरिएको हुन्छ कि दर्शकले मुटुको धड्कन थामेर हेर्न बस्नुपर्छ ।
कृकेटमा जस्तै महिला फुटवलमा पनी नेपालले अविस्वासनिय सफलता हासिल गर्दै छ । नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा आफ्नो १०० औं खेलमा लाओसलाई ९-० ले पराजित गर्यो। सावित्रा भण्डारीको कप्तानी डेब्युमा ह्याट्रिक संगै १०० औं अन्तर्राष्ट्रिय खेलमा नेपालले सानदार जित हात पारेको हो। उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटमा ९-० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
बंगलादेशमा जुलाई दोस्रो सातादेखि सुरु हुने साफ यू-२० महिला च्याम्पियनसिपको लागि नेपाली यू-२० राष्ट्रिय महिला टोली अहिले अन्तिम तयारीमा छ ।
जुलाई ११ देखि २१ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपमा बंगलादेश, नेपाल, भुटान र श्रीलंका गरी चार राष्ट्र मात्र सहभागी छन् ।
यसरी विभिन्न अन्तर्राष्ट्रिय खेल प्रतियोगितामा नेपाली खेल क्षेत्रले उल्लेखनीय प्रगति हासिल गरेको छ। उमेर समूहको क्रिकेटमा ऐतिहासिक व्यक्तिगत स्कोरदेखि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा छिटो शतक र अर्धशतकका कीर्तिमानसम्म कायम भएका छन्।
एकदिवसीय क्रिकेटमा समेत छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान रहेको छ। साथै, महिला फुटबलमा पनि १००औं खेलमा ठूलो अन्तरले विजय हासिल गर्दै सशक्त उपस्थिति देखाइएको छ। यी उपलब्धिहरूले नेपाली खेल क्षेत्रको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रभावलाई स्पष्ट पार्दछ।