'विद्यालयस्तरमा स्काउट विस्तारका लागि तिलोत्तमामा प्रशिक्षण'

९ महिना अगाडि

तिलोत्तमा – रुपन्देहीको तिलोत्तमामा स्काउटसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीको आयोजनामा र नेपाल स्काउट लुम्बिनी प्रदेश कार्यालयको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम तिलोत्तमा नगरपालिका–५ स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै तिलोत्तमा नगर उपप्रमुख जागेश्वरी चौधरीले विद्यार्थीहरूलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा संलग्न गराउन सके सभ्य, सृजनशील र रचनात्मक समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो । उहाँले स्काउटले त्यसमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै विगतमा पालिकाबाट आवश्यक ध्यान नपाए पनि अब भने प्राथमिकताका साथ स्काउट गतिविधिहरूलाई अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रशिक्षणमा पालिकाभित्रका ४२ वटा विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको सहभागिता रहेको थियो । कार्यक्रममा ‘स्काउट के हो?’, स्काउटको उद्देश्य, नियम, ईकाई गठन प्रक्रिया, गतिविधि तथा स्काउट शिक्षाको महत्वलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो । प्रशिक्षकका रूपमा तिलोत्तमा नगर स्काउटका प्रमुख आयुक्त पारेश्वर चापागाईं र डिल्लीराज पौडेलले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम तिलोत्तमा नगर स्काउटका प्रमुख आयुक्त पारेश्वर चापागाईंको अध्यक्षतामा, शान्ति नमुना मा.विका प्रधानाध्यापक कुलप्रसाद लामिछानेको स्वागत मन्तव्य र स्काउट मास्टर दुर्गादत्त घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने