स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य गर्दै एसईई २०८१/२०८२ को नतिजा अब विद्यार्थीहरूको मोबाइलमै हेर्न मिल्ने बनाएकाे छ ।
स्प्यारो एसएमएसले पुनः एकपटक राष्ट्रिय परीक्षा बोर्ड सँगको साझेदारीमा २०८१/२०८२ को एसईई नतिजा सिधै
विद्यार्थीहरूको मोबाइलमा उपलब्ध गराउने भएको छ। यसले गर्दा अब नतिजाको दिन सुस्त इन्टरनेट वा वेबसाइट नचल्ने
जस्ता समस्याको चिन्ता लिनु पर्दैन।
स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले आफ्नो धारणा राख्दै भन्छन, “हामीलाई थाहा छ, नतिजाको दिन विद्यार्थी र उनीहरूका परिवारका लागि एक महत्त्वपूर्ण दिन हो। यस्तो बेलामा वेबसाइट नचलेर हुने झन्झट कसैले पनि भोग्नु नपरोस्। हाम्रो लक्ष्य भनेको विद्यार्थीहरूलाई शान्त र छिटो तरिकाले आफ्नो नतिजा प्राप्त गर्ने अवसर दिनु हो। हामी विद्यार्थीहरूलाई उनीहरूको नतिजासँग भरपर्दो रूपमा जोड्ने माध्यम बन्न पाउँदा खुसी छौँ।
एसईईको नतिजा पर्खनु तनावपूर्ण हुन्छ। विगतमा, अत्यधिक चापका कारण वेबसाइट नखुल्ने समस्या मुख्य चुनौती थियो। हाम्रो सरल एसएमएस सेवाले यो समस्यालाई पूर्ण रूपमा समाधान गर्छ। राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक नतिजा साझेदारको रूपमा, हामी हरेक विद्यार्थीले, चाहे उनीहरू सहरमा हुन् वा दुर्गम गाउँमा, नतिजा सार्वजनिक हुने बित्तिकै प्राप्त गर्न सकुन् भन्ने सुनिश्चित गर्दछौँ। यसका लागि केवल एउटा मोबाइल फोन भए पुग्छ।
एसएमएसबाट सजिलै आफ्नो नतिजा प्राप्त गर्न आफ्नो मोबाइलको म्यासेज बक्समा गइ SEE टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर यसलाई 35001 मा पठाउनुपर्ने हुन्छ । तपाईंको नतिजा तुरुन्तै तपाईंको मोबाइलमा SMS मार्फत आउनेछ। यो एकदमै सरल, छिटो र भरपर्दो छ।
स्प्यारो एसएमएस नेपालको अग्रणी SMS कम्पनी हो। जसले नेपालमा सबैका लागि सञ्चारलाई सरल र भरपर्दो बनाउदै विद्यालय, बैंक, अस्पताल र सरकारी कार्यालयहरू जस्ता महत्त्वपूर्ण संस्थाहरूलाई भरपर्दो जानकारी पठाउन मद्दत गरेकाे छ ।