'रुपन्देही उद्योग संघकाे भिएफडी तालिम भैरहवामा सम्पन्न'

१० महिना अगाडि

बुटवल । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सहकार्यमा भिएफडी तालिम सम्पन्न भएकाे छ ।

उद्योग संघ र इन्स्योर परियोजना को सहकार्यमा स्थापित सीप विकास इकाईको आयोजनामा र उद्योग व्यापार संगठन रुपन्देही सिद्धार्थनगरको समन्वयमा रुपन्देही आसपासका क्षेत्रमा इलेक्ट्रिकल सँग सम्बन्धित उद्योगमा कार्यरत पेशाकर्मीको सीप अभिवृद्धिका लागि १६ दिने (९६ घन्टे) निःशुल्क भिएफडी तालिमको भैरहवामा समापन गरिएको छ ।

रुपन्देही उद्योग संघका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष दिलिप सापकोटाले समापन समारोहमा बोल्नुहुँदै यो तालिमले युवा पुस्तालाई प्रविधिमैत्री, दक्ष र प्रतिस्पर्धी बनाउन सहयोग गर्ने र आजको युग प्रविधिमा द्रुत गतिमा अगाडि बढिरहेको साथसाथै अबको यात्रामायी सीपहरुलाई व्यवहारमा उतारी रोजगार सिर्जना गर्ने,आत्मनिर्भर बन्ने तथा उद्यमशीलता बढाउने दिशामा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

प्रमुख अतिथिको रुपमा रहनुभएका उद्योग व्यापार संगठन रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बोल्नुहुँदै उहाँले प्रशिक्षार्थीलाई समय सापेक्ष व्यवसायिक र अत्यन्तै आवश्यक विषयमा तालिमलिने अवसर मिलेकाले अवसरको सदुपयोग गर्न आग्रह गर्दै जनशक्तिको माग बढ्दो भएकाले तालिमले रोजगारका अवसर सिर्जना गर्नुका साथै स्वदेशी प्रविधिमा आत्मनिर्भर बन्न सहयोग पुर्याउनु र व्यवसायिक क्षमता बढाउन भिएफडी तालिम अपरिहार्य रहेको बताउदै तालिमले नयाँ उद्योग मैत्री सीप व्यावहारिक ज्ञान र आधुनिक सोच प्रदान गर्ने बताउनुभयो ।

तालिममा प्रमुख प्रशिक्षकको रुपमा रहनुभएका अखिलेश कुमार यादवले यस तालिममा प्रशिक्षार्थीहरूले देखाएको लगनशीलता,अनुशासन र जिज्ञासाले आफू प्रभावित भएको, भविष्यमा पनि सिकाई प्रतिको यो उत्साह जोगाई राख्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । उहाँले विद्युत तथा इलेक्ट्रोनिक्स प्रणालीमा भीएफडी एक महत्वपूर्ण प्रविधि भएको जसले विद्युत मोटरहरूको गति नियमन गर्न मद्दत गर्ने, ऊर्जा बचत, यन्त्रको दीर्घायु तथा दक्ष उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

प्रशिक्षार्थीको तर्फबाट मङ्गलम इन्डस्ट्रीजका हृदयेश मिश्रले बोल्नुहुँदै १६ दिनमा धेरै कुरा सिक्न पाएको र सिकेको ज्ञानलाई आजैबाट व्यवहारमा उतारी उद्योगलाई दीर्घकालीन रूपमा सफल बनाउन लागि पर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योग व्यापार संगठन रूपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोकाया ,महासचिव लक्ष्मी अधिकारीकोे सहभागिता रहेको थियो । रूपन्देही उद्योग संघ शिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालको सञ्चालनमा भएको कार्यक्रमको संयोजन शिप विकास इकाईका कार्यक्रम अधिकृत प्रदीप पन्थीले गर्नुभएको हो ।

कार्यक्रममा १६ उद्योगबाट सहभागी २० जनाप्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गरिएको थियो । तालिमको मुख्य उद्देश्य प्रशिक्षार्थीलार्ई भिएफडीको प्रयोग, स्थापना, संचालन र मर्मत सम्भार सम्बन्धी व्यवहारिक र सैद्धान्तिक ज्ञान दिई प्राविधिक दक्षता अभिवृद्धि गर्दै रोजगारी र स्वरोजगारका अवसरहरूमा सहयोग पुर्याउनु रहेको रुपन्देही उद्योग संघले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे