गोकुल पाण्डे । पछिल्ला केही वर्षयता नेपालको सहरी क्षेत्रमा चिया, क्याफे संस्कृतिको उल्लेख्य वृद्धि भएको छ ।
काठमाडौं, पोखरा, बुटवल, धरान, इटहरी, चितवन जस्ता शहरमा मात्र होइन, अहिले त उपत्यका बाहिरका साना सहर र बजार क्षेत्रमा समेत आकर्षक क्याफेहरू फस्टाउन थालेका छन ।
चिया–कफी मात्र हैन, नयाँ स्वाद, परिकार, रमाइलो वातावरण, इन्टेरियर्सको सौन्दर्यता र इन्टरनेट सुविधा नै नयाँ पुस्तको रोजाईको मुल आधार हुन ।
युवा पुस्ताको सोच, जीवनशैली र भेटघाट गर्ने शैलीमा व्यापक परिवर्तन आएको छ । एक समय थियो, जब भेटघाट चोक, मन्दिर परिसर, पाटीपौवा, टोल वा पारिवारिक जमघटमा सीमित हुन्थ्यो । अहिलेका लागि ‘हामी क्याफेमा भेटौं न’ भन्ने सामान्य वाक्य बन्न पुगेको छ । क्याफेहरूमा पढाइ, मिटिङ, डेटिङ, साना जमघट लागि समेत रोजिने थलो बनिरहेका छन । जसले गर्दा व्यवसायमा समेत टेवा पुगेको छ ।
रुपन्देहीको सैनामैनामा करिब १ करोड २० लाखको लगानीमा ‘केक हव’ संञ्चालन गदै आएका २७ वर्षिय सुमित सापकोटा क्याफेमा युवा पुस्ताको बढ्दो क्रेज रहेको बताउछन । जन्मदिन मनाउन, विवाहउत्सव लगाएतको विषेश अवसरमा खुसियाली मनाउन तथा चिया, कफिको चुस्की संगै खाजा नास्ताको लागि मान्छेहरु आउने सापकोटा बताउछन । तिन बर्ष पहिले सुरुगरेको व्यवसायमा हाल १२ जना युवाले रोजगारी पाएका छन ।
बुटवल उपमहानगरपालिका वार्ड नं.-१२, नयाँगाउका ३० बर्षिय विशाल भण्डारीले अष्ट्रेलियमा मेहनत गरी कमाएको केही रकम र घरपरिवार बाट जुटाएको गरी करिब ७५ लाख लगानीमा नयाँगाँउ चोक नजिकै ‘के छ पिज्जा एण्ड बार’ संञ्चालन गरेका छन । तिन बर्षपहिले देखी सुुरु गरेको क्याफेमा हाल परिवारको सदस्य बाहेक ५ जनाले प्रत्यक्ष रोजगारी पाएको बहिनी बिन्दु भण्डारीले बताईन ।
आफ्नै देशमा केही गर्नुपर्छ भन्ने लागेर अष्ट्रेलिया छोडेर नेपाल फर्केको बताउने भण्डारीको क्याफेमा कफि देखी केक, पिज्जा तथा अन्य खाजाको परिकारहरु पाइनुको साथमा ग्राहकको चाहनाअनुसार होम डेलिभरीको समेत व्यवस्था रहेका छ ।
व्यवस्थपान संकायमा मास्टर्स गरेका अर्का युवा उद्यमसिलतामा लाग्दै गरेका कमल सापकोटा आफु चियाको पारखी संगै चियाको माहोल एकदमै बढ्दो देखेकोले नेपालमै केही गरौ भन्ने उद्धेश्य बोकेर २० लाख लगानीमा चिया नगर सञ्चालन गर्न लागेको बताउछन ।
यही श्रावण पहिलो सोमबार बाट संञ्चालन हुन लागेको क्याफेमा गाँउको सामाग्री र पुरानो सभ्यतालाई प्रोत्साहन गरिने चिया नगर क्याफेमा कम्तिमा ८ देखी १० जनाले रोजगारी पाउने बताउछन । कलेज पढ्ने विद्यार्थी देखी जागिरे तथा अन्य पेशा व्यवसायमा आवद्ध सबैको भेटघाट तथा आरामको लागि उपयुतm गन्तव्य क्याफे नै हुने हुदा दिर्घकालिन उद्देश्य सहित संञ्चालन गर्न लागेको सापकोटा बताउछन ।
केही समय वैदेशिक रोजगारीबाट कमाएको रकमलाई आफ्नै देशमा सदुपयोग गर्नुपर्छ, आफ्नै देशमा आर्थिक उपलब्धि हासिल गर्न सकिन्छ भन्ने लागेर व्यवसायमा लागेका २८ बर्षिय रोहित गिरी भन्छन ‘देश समृद्ध बनाउन युवा स्वयंम आत्मनिर्भर बन्नुपर्दछ, जसको लागि उद्यमशिलताको विकल्प छैन ।’
बुटवल देवीनगरमा १५ लाख लगानी गरी ह्याजट्याग बुटवल द क्याफे नाममा संञ्चालन गरेका गिरी अन्य दुई जना युवालाई प्रत्यक्ष रोजगारी दिएका छन ।
यि रुपन्देहीमा रहेका युवा उद्यमीहरुको केही प्रतिनिधी पात्र हुन । देश भित्रै सम्भावनाको खोजी गदै अन्य व्यवसाय गर्ने युवाहरु पनी प्रसस्तै रहेका छन ।
आधुनिक व्यवसायको सम्भावनाको रुपमा क्याफे खोल्ने लहरसँगै युवा उद्यमीहरू व्यवसायमा लागिरहेका छन् । परम्परागत व्यापारभन्दा फरक सोचका साथ युवाहरू ‘थीम बेस्ड’ क्याफे, ‘बुक क्याफे’, ‘म्युजिक क्याफे’ ‘ चिया क्याफे’जस्ता नयाँ अवधारणा लिएर अघि बढिरहेका छन ।
डिजिटल मिडिया, सोसल मिडियामा टिकटिक, फेसबुक, इन्ट्राग्रामको सक्रिय प्रयोगले समेत यस्ता व्यवसायलाई द्रुत प्रचारमा सहयोग पुर्याएको छ ।
स्थानीय स्वाद–स्थानीय सजावट सहितका क्याफेहरूले परम्परा र आधुनिकताको सन्तुलन कायम गर्दै आकर्षण बढाएका छन ।
यस्तै, भित्तामा झुन्डयाईएका नेपाली चित्रकलाहरू, काठको फर्निचर, थाङ्का र हस्तकला प्रदर्शनीहरूले देशी–विदेशीलाई नेपाली सौन्दर्य महसुस गराउन मद्दत गरिरहेका छन ।
केही समय अघिसम्म क्याफे व्यवसायलाई धेरैले जोखिमका रूपमा हेर्ने गरिन्थ्यो भने अहिले यो आकर्षक लगानी क्षेत्रको रूपमा स्थापित हुँदैछ । कृकेटर देखी अभिनेता सम्मले यस व्यवसायमा लगानी गरिरहेका छन ।
यो संस्कृतिको विकाससँगै केही चुनौतीहरू पनि छन । बजारमा अत्यधिक प्रतिस्पर्धा, उचित स्थानको भाडा, दक्ष कर्मचारीको अभाव, खाद्य सुरक्षा सम्बन्धी नियमको पालना गर्नुपर्ने अवस्था र सिजनल कारोबारले केही समस्या पारेको व्यवसायीहरू बताउँछन ।
फस्टाउँदै गएको क्याफे संस्कृतिले नेपाली समाजमा जीवनशैलीको नयाँ आयाम थपेको छ । यो केवल कफी पिउने ठाउँ होइन, यो सोच बदल्ने, भेटघाट गर्ने, सिर्जना गर्ने र व्यवसायिक सफलताको कथा लेख्ने ठाउँ पनि हो । आधुनिक पुस्ताको चाहना र स्थानीय स्वादको समायोजन मार्फत नेपाली क्याफे संस्कृतिले निकट भविष्यमा अझ फराकिलो ढोका खोल्ने निश्चित देखिन्छ ।