देवदह। रुपन्देहीको देवदहमा युगीन खुला रचना वाचन संगै गायक भगेन्द्र भगतद्धारा सुगम साङ्गितिक प्रस्तुती कार्यक्रम सम्पन्न भएको छ । युगीन साहित्य समाज नेपालको आयोजनामा शनिबार देवदह-५ स्थित पाठक फुडल्याण्डमा कार्यक्रम सम्पन्न भएको हो ।
साहित्यकार डा. श्यामप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै साहित्यकार डा. न्यौपानेले साहित्यको विकासमा राज्यले लगानी गर्न नसकेको बताउनु भयो । उहाँले साहित्य र संगीतलाई संगसंगै अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिनु भयो ।
कार्यक्रममा गायक भगेन्द्र भगतले सुगम साङ्गितिक प्रस्तुती प्रस्तुत भएको थियो । भगतको आवाजमा गुन्जिएका गजल सङ्गै सुगम संगीतले दर्शकहरु मन्त्रमुग्ध भएका थिए।३ कार्यक्रममा देवदह आर्दश बहुमुखी क्याम्पसका पुर्व प्रमुख मित्रलाल न्याचैपाने, चन्द्रकान्त पराजुली, यज्ञप्रसाद न्यौपाने लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।
कार्यक्रममा तिलक भट्टराई, सुमित पाण्डे, विनोद उदय, जयकिशन अधिकारी, विश्वदिप गुप्ता, तुल्सीराम पाण्डे, आकृति लुईटेल, दुर्गालाल तिवारी, माधवप्रसाद भट्टराई, उमा देवकोटा, भविश्वर पराजुली, सुजाता शर्मा, नमकान्त पाण्डे, दिनेश पाण्डे, सुरज विरही, परिमा गैरे, आरोग्य पाण्डे, मनिषा भूषाल, विश्वास ज्ञवाली लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रमको उद्देश्य वारे युगीन साहित्य समाज नेपालका अध्यक्ष न्यौपानेले प्रकाश पार्नु भएको थियो ।कार्यक्रम युगीन साहित्य समाज नेपालका अध्यक्ष गणेश न्यौपानेको अध्यक्षता, तिर्थराज भण्डारीको स्वागत र नारायण भूषालको संचालनमा सम्पन्न भएको थियो ।