'कृषि क्षेत्रको विकासले देश समृद्ध हुन्छ : उपप्रमुख गुरुङ'

१० महिना अगाडि

देवदह । कृषि क्षेत्रको विकासले देश विकास हुने देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताउनु भएको छ । नव जिवन कृषक समुह देवदहले आयोजना गरेको कृषि तथा पशुपालन तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वहाँले उक्त कुरा बताउनु भएको हो ।

देवदहको चरङ्गेमा आयोजित कार्यक्रमा उपप्रमुख गुरुङ्गले कृषि क्षेत्रको विकासलाई उत्पादन सँग जोड्नु पर्ने भन्दै कृषि क्षेत्रको विकासको लागि देवदह नगरपालिका निरन्तर प्रयास गरिरहेको दावी गर्नु भयो । समुहका अध्यक्ष खेम बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा वहाँले कृषि उद्यम गर्न चाहनेलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गर्नु भयो ।

समुहका कोषाध्यक्ष खेम कुमारी देवकोटाको स्वागत तथा सदस्य लेखनाथ थापाको संचालनमा भएको कार्यक्रममा कार्यपालिका सदस्य कुमार परियार, देवदह १० का वडा सदस्य भविलाल थापा, कृषि शाखाका प्रशिक्षक पविन्द्र मल्ल, समाजसेवी मन कुमार कनौजे लगायतले मन्तब्य ब्याक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)