'देवदह बुद्ध पब्लिकमा राष्ट्रिय सेवा दल तालिमको अभिमुखीकरण सम्पन्न'

१० महिना अगाडि

देवदह // देवदह नगरपालिका वडा नं ५ मा अवस्थित देवदह बुद्ध पब्लिक आवासीय मा.विले राष्ट्रिय सेवा दलको तालिमको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बुधबार एक कार्यक्रमका बिच विद्यालयको सभाहलमा विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण गरिएको हो ।

अभिमुखिकरण कार्यक्रममा बोल्दै रामनगर बुटबलका सेनानी  दिपा खड्काले राष्ट्रिय एकताको भावना विद्यार्थीहरुमा जागृत गर्न र नेतृत्व विकास गराउन यो तालिम महत्त्वपूर्ण हुने बताउनुभयो । उनले विद्यार्थीहरुलाई विपद् व्यवस्थापनको ज्ञान समेतका लागि यो तालिम उपयोगी हुने बताउनुभयो । कार्यक्रममा जमदार सुदीप तामाङ्ग, अ.म तोपजङ वली, सिपाही झलकबरानाले (एनसीसी) राष्ट्रिय सेवा दलका बारेमा प्रकाश पार्न भएको थियो।

प्रधानाध्यापक कृष्ण गैरेले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी उनीहरूको चौतर्फी विकासका लागि राष्ट्रिय सेवा दलको तालिम उपयोगी हुने बताउनुभयो। उहाँले उक्त तालिमले विद्यार्थीहरूको नेतृत्व, क्षमता र व्यक्तित्व विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा सल्लाहकार समिति सदस्य प्रकाश अर्याल, सञ्चालन समिति सदस्य राम प्रासाद पन्थ विद्यालयका शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकिशन अधिकारीको अध्यक्षता, सहायक प्रीन्सिपल वेद सूर्यवंशीले स्वागत र विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको सञ्चालन सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने

एमआरआर भजनले तान्यो युवाहरूको ध्यान, देशभर बढ्दै धार्मिक आकर्षण (भिडियाे सहित)

रामपुरमा अधिवक्ताको गोली हानी हत्या, CCTV सार्वजनिक

बलात्कारपछि हत्या भएको २७ दिनपछि परिवारले बुझे इनिशाको शव, आजै दाहसंस्कार गरिने