देवदह । देवदह नगरपालिका वडा नं ८ ले किसानहरुलाई फलफुलका बिरुवा वितरण गरेको छ । वडा कार्यालयले सोमबार वडा परिसरमा एक कार्यक्रमको आयोजना गरि निशुल्क रुपमा वडाभित्र रहेका किसानहरुलाई फलफुलका बिरुवा वितरण गरिको हो ।
विरुका वितरण कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले बिरुवा रोपिसकेपछि वातावरण सुन्दर बनाउन सहयोग पुग्ने र अर्गानिक फलफूल खान पाइने बताउनुभयो। यस कार्यक्रमले पालिकाले अघि सारेको “क्लीन एण्ड ग्रीन देवदह” अवधारणामा समेत टेवा पुर्याउने उहाँको भनाइ थियो। साथै, उहाँले देवदह–८ विकासको गतिमा अघि बढिरहेको उल्लेख गर्दै बुधबारे हाटबजार केन्द्र हुनेगरी एडिभिको सडक निर्माण प्रक्रिया अगाडि बढिरहेको जानकारी दिनुभयो।
वडा कार्यालयको वार्षिक कार्यक्रम अनुसार वडावासिलाई फलफुलका बिरुवा वितरण गरिएको वडा अध्यक्ष हरी पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार आँप, बेलौति र कागतीका बिरुवा वितरण गरिएको हो।
कार्यक्रम देवदह नगरपालिका वडा नं ८ का वडा अध्यक्ष हरी प्रसाद पाण्डेयको अध्यक्षता, वडा सदस्य झपिन्द्र बिकको स्वागत र वडा सचिव सनम परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।