'रिब्दीकोटमा प्राङ्गारिक मल उत्पादन सुरु'

१० महिना अगाडि

पाल्पा रिब्दीकोट गाउँपालिका र स्थानीय जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त लगानीमा प्राङ्गारिक मल उत्पादन सुरु भएको छ । कुल ३९ लाख रुपैयाँ लगानीमा स्थापित मल उद्योगले दैनिक पाँच क्विन्टल प्राङ्गारिक मल उत्पादन गरिरहेको छ ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार, मल उत्पादनका लागि गाउँपालिकाले १९ लाख र सहकारी संस्थाले २० लाख रुपैयाँ लगानी गरेका हुन् । गत आर्थिक वर्ष २०८०/८१ मा मल उद्योग सञ्चालनका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो भने चालु आवमा थप चार लाख विनियोजन गरिएको छ ।

सहकारी संस्थाका व्यवस्थापक नारायणबहादुर लामटाङ्गेले उत्पादित मल स्थानीय बजारमा बिक्री भइरहेको र रिब्दीकोट–५ नयाँटोलामा रहेको कारखानामा उत्पादन भइरहेको बताए । कारखाना तीन रोपनी जग्गामा सञ्चालनमा छ । यसमध्ये एक रोपनीमा मल उत्पादन भइरहेको छ भने बाँकी जग्गामा पशुपालन र कृषि योजना रहेको छ ।

‘अमृतबुटी जैविक मल’ नाम दिइएको यो मल वनमारा, तितेपाती, पहाडी झारपात, गाईगोबर, फालिएका पातपतिङ्गर र स्याउला प्रयोग गरेर उत्पादन गरिएको छ । कृषिविज्ञ यमबहादर दर्लामीका अनुसार, बोनमिल, पिना, बायोब्याक्टेरिया, सुडोमोनस, ट्राइकोडर्मा, सिविड, क्याल्सियम, गोबर र प्रेस मड जैविक मलमा प्रयोग गरिएको छ ।

उत्पादित मलमा नाइट्रोजन १ प्रतिशत, फस्फोरस ०.५ प्रतिशत, पोटास १ प्रतिशत, चिस्यान २५ प्रतिशत र पिएच ७ प्रतिशत रहेको छ । सहकारीले स्थानीय किसान, सङ्घ संस्था र व्यापारीको माग अनुसार मल बिक्री वितरणलाई विस्तार गर्ने योजना बनाइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने