'देवदहका कृषकलाई अनुदानमा कृषि औजार वितरण'

१० महिना अगाडि

देवदह । देवदह नगरपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषिका औजार प्रदान गरेको छ ।नगरपालिकाले देवदह १२ का सानदार कृषक समुहद्धारा संचालित तरकारी पकेट क्षेत्रका कृषकहरुलाई २४ लाख बरावरको कृषि औजार प्रदान गरेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाको १२ लाख र कृषकहरुको १२ लाख गरी २४ लाख बरावरको कृषि औजार एक कार्यक्रमका बिच कृषकहरुलाई हस्तान्तरण गरेको हो । मिनी टेलर ७ थान, मोटर ७ थान, पम्पसेट ४ थान, स्प्रे टंकी १३ थान, पाईप १५५ फिट, डेलीभरी पाईप ४२० किलो कृषि सामाग्री हस्तान्तरण गरेको हो ।

सो अवसरमा बोल्दै नगर प्रमुख धुव्रप्रसाद खरेलले कृषि औजार प्रदान गरेसंगै उत्पादन बृद्धि हुनेमा जोड दिनु भयो। उहाले कृषिको प्रवद्र्धन गर्नको लागि विभिन्न औजार प्रदान गरेको बताउदै तरकारी खेतीलाई व्यवसायीक बनाउन आवश्यक रहेकोमा जोड दिनु भयो । उहाले उत्पादन बृद्धिले मात्र आर्थिक विकास हुने बताउदै समुहमा तरकारी खेती गर्नु पर्नेमा जोड दिनु भयो ।

देवदह–१२, का ४ वटा टोल विकास सस्थालालई मिलाएर सानदार नगर कृषक समुहद्धारा करिव ३० विगाहा क्षेत्रफलमा तरकारी उत्पादन गर्दै आईरहेको छ । तरकारी उत्पादनको लागि सिचाई संगै खेत जोतन्को लागि उक्त सामाग्री प्रदान गरिएको देवदह नगरपालिका कृषि शाखाका पविन्द्र मल्लले जानकारी दिनु भयो । देवदह–१२, को सानदार नगर क्षेत्रमा विगत लामो समयदेखि तरकारी उतपादन गर्दै आईरहेको र उत्पादन बृद्धि गर्नको लागि कृषकहरुलाई कृषि औजार प्रदान गरिको उहाले जानकारी दिनु भयो ।

सानदार नगर कृषक समुहका अध्यक्ष राजकुमार मल्लाहको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, देवदह–१२, का वडाअध्यक्ष डेगबहादुर सारु, लेखा अधिकृत निरज पौडेल, कृषि शाखाका सञ्जय अर्याल लगायतको उपस्थिती रहेको थियो । सानदार कृषक समुहका सचिव राजेश केवटको स्वागत र कृषि शाखाका प्राविधिक पविन्द्र मल्लको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे