'देवदहमा रमेश स्मृति सम्मान एवं विशेष रचना वाचन'

११ महिना अगाडि

देवदह ।रुपन्देहीको देवदहमा रमेश स्मृति सम्मान एवं रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। अनुराग साहित्य समाजको आयोजना, रमेश स्मृती कोषको संयोजन, युगिन साहित्य समाज र उज्यालो लाल्टिन प्रतिष्ठानको सह आयोजनामा देवदह स्थित ग्रीन प्लान्ट आवासीय माविमा कार्यक्रम सम्पन्न गरिएको हो।

“रमेश स्मृती सम्मान तथा विशेष रचनावाचन” कार्यक्रममा रमेश स्मृति कोषबाट धनकुटाका कवि रोशन परियार र प्रोत्साहन पुरस्कारबाट समज्ञा अधिकारीलाई सम्मान गरिएको थियो। त्यस्तै विशेष रचना वाचन कार्यक्रममा रुप रसाइली पुछारघरे र सरु लामिछानेले रचना वाचन गरेका थिए।

चर्चित साहित्यकार स्वर्गीय रमेश हरिलठ्ठकको स्मृतिमा स्थापना भएको रमेश स्मृति कोषले प्रत्येक वर्ष श्रष्टाहरुलाई सम्मान गर्ने गर्दछ। विक्रम संवत् २०३७ साल फाल्गुण २१ गते जन्मिएका साहित्यकार रमेश हरिलठ्ठकको २४ वर्षकै उमेरमा २०६१ श्रावण २१ गते निधन भएपछि उनको सम्झनामा २०७२ सालमा कोष स्थापना गरि हरेक वर्ष स्रष्टा सम्मान गरिदैं आएको दाजु राजिव सापकोटाले जानकारी दिनुभयो।

कार्यक्रममा सम्मानित श्रष्टाहरुलाई बधाई दिदै प्रमुख अतिथि साहित्यकार ढुंगानाले साहित्य समाज परिवर्तनको सम्बाहक रहेको बताउनुभयो।साहित्यले समाजमा सकारात्मक परिवर्तन र सृजनात्मक क्षेमता अभिवृद्धि गर्न सहयोग पुग्ने ढुंगानाको भनाई थियो।

कार्यक्रम संस्थाका अध्यक्ष सरस्वती बश्यालको अध्यक्षता, युगिन साहित्य समाजका अध्यक्ष गणेश न्यौपानेको स्वागत, स्व.रमेश हरिलठ्ठकका भाइ राजिब सापकोटाको धन्यवाद र उज्यालो लाल्टिन प्रतिष्ठानको सदस्य मुकेश ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे