'घोराहीमा बहुभाषिक काव्य उत्सव तथा श्रष्टा सम्मान कार्यक्रम हुने'

१ वर्ष अगाडि

घोराही। राप्ती साहित्य परिषद् दाङ शाखाले यही चैत १६ गते शनिबार घोराहीमा बहुभाषिक काव्य उत्सव तथा श्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ। परिषद्का शाखा अध्यक्ष यम रेग्मीको अध्यक्षतामा बसेको बैठकले विभिन्न भाषाका साहित्यकार तथा श्रष्टाहरूलाई छनोट गर्दै कार्यक्रमको तयारी अघि बढाएको छ।

काव्य उत्सवमा नेपाली भाषा तर्फ नारायण नेपाल र शारदा शर्मा, संस्कृत भाषा तर्फ उत्तम खतिवडा र जनक पोख्रेल, नेवारी भाषा तर्फ नारायणप्रसाद श्रेष्ठ र योगमाया श्रेष्ठ, कुमाल भाषा तर्फ तिलकबहादुर कुमाल, थारु भाषा तर्फ छविलाल कोपिला र राजकुमार कान्छा, मगर खाम भाषा तर्फ क्षितिज मगर र कमलप्रसाद गौतम, अवधि भाषा तर्फ जगतराम यादव तथा कुसुन्डा भाषा तर्फ उदय आले र निर्मला कुसुन्डाले प्रतिनिधित्व गर्ने भएका छन्।

कार्यक्रममा श्रष्टा सम्मान विनोद पोख्रेल, पद्मप्रसाद शर्मा र दीपक शर्मा समिरलाई प्रदान गरिनेछ। यस्तै, पुरस्कार प्राप्त गर्ने श्रष्टाहरू मा डा. कृष्णराज डिसी, डा. कृष्णराज सर्वहारी र गायक प्रकाश रेग्मी रहेका छन्। राप्ती साहित्य परिषद्ले बहुभाषिक साहित्यको प्रवर्द्धन र श्रष्टाहरूको सम्मानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे