'चर्चित युवा कवि नवराज पराजुली देवदह आउदै'

१ वर्ष अगाडि

देवदह । रुपन्देहीको देवदहमा चर्चित युवा कवि नवराज पराजुलीको कविता कन्सर्ट हुने भएको छ । अनुराग साहित्य समाज, नेपालको आयोजनामा चैत्र १५ गते हुने कविता कन्सर्टका लागि कवि पराजुली देवदह आउने भएका हुन् ।

पाठक फुडल्याण्डमा आयोजना गरिएको कविता कन्सर्ट, श्रष्टा सम्मान एवं संस्थाको चौंथो अधिवेशनमा कवि पराजुलीले ६ वटा कविता सुनाउने अध्यक्ष यमलाल अर्यालले जानकारी दिनुभयो । कवि पराजुलीले चैत्र १४ गते देवदहका सामुदायिक विद्यालयका ८ जना विद्यार्थीलाई कविता कार्यशाला एवं तालिम समेत प्रदान गर्ने कार्यतालिका रहेको अध्यक्ष अर्यालले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

कवि पराजुलीले चैत्र १४ गते कविता कार्यशाला सङ्गै सोही दिन बेलुका पाकडी वृक्षमा ध्यान गर्ने र १७ गते बुद्दको जन्मस्थल लुम्बिनीमा ध्यान गर्ने कार्यक्रम रहेको संस्थाका संस्थापक अध्यक्ष निर्मल ढुंगानाले जानकारी दिनुभयो।

अधिवेशनको अवसरमा श्रष्टाहरुलाई सम्मान समेत गरिनेछ। नरेन्द्र अनुराग अक्ष कोषबाट २०७९ का लागि “पहिलो पाइला” कविताका श्रष्टा सरस्वती तिमिल्सिनालाई सम्मान गरिनेछ। त्यस्तै २०८० बाट भने लघु कथा संग्रह “नयाँ शालिकको जन्म” का लेखक साहित्यकार वनमाली निराकरलाई सम्मान गरिने आयोजकले जनाएको छ । त्यस्तै रमेश स्मृति कोषबाट धनकुटाका कवि रोशन परियारलाई श्रष्टा सम्मान र समज्ञा अधिकारीलाई प्रोत्साहन पुरस्कारबाट सम्मान गरिने आयोजकले जनाएको छ।

स्थापनाकालदेखिनै साहित्यिक गतिविधिमा क्रियाशिल अनुरागले भित्ते पत्रीका मार्फत साहित्यिक गतिविधि, घुम्ती साहित्यिक कार्यक्रम, धम्म यात्रा लगायतका कार्यक्रम गरेको थियो । कवि पराजुली पहिलो पटक अनुराग साहित्य समाजकै आयोजनामा २०७६ सालमा देवदहमा आएका थिए।

साहित्य मार्फत समाजमा सकारात्मक सन्देश फैलाउने अभियान सहित स्थापना भएको अनुरागको कार्यक्रम कविता कन्सर्टमा सहभागी हुन आयोजकले पत्रकार सम्मेलन मार्फत आह्वान गरेको छ।

चैत १५ गते हुने कार्यक्रमबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सरस्वती बश्याल, उपाध्यक्ष श्याम न्यौपाने तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो। कार्यक्रम संस्थाका सचीव शिव प्रसाद काफ्लेको संचालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

सम्पत्ति शुद्धीकरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बदली र वर्षाको सम्भावना

प्रधानमन्त्री बालेन साहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेट गर्ने

अर्घाखाँचीका सांसदलाई बाँदर र बँदेल अंकित मायाको चिनो

लिग २ को त्रिकोणात्मक शृङ्खला २५ अप्रिलबाट नेपालमा हुने

देवदहको रोमाञ्चक जित, सैनामैनामाथि ७ रनले विजय

एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

मन्त्रिपरिषद्‌को मर्यादाक्रम हेरफेर, तेस्रो नम्बरमा रहेका सुधन गुरुङ पाचौं पुगे