बुटवल । रुपन्देहीको बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित बाह्रौँ दीप गायन तारा प्रतियोगितामा ग्रिन प्लान्ट आवासीय माविका विशेष भुर्तेलले उत्कृष्ट प्रस्तुति दिदै दीप गायन तारा बन्न सफल भएका छन् ।
भूर्तेलले प्रारम्भिक चरणबाट अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका १९ प्रतियोगीहरुलाई पछि पार्दै उनी दीप गायन तारा बन्न सफल भएका हुन् । प्रतियोगिताको प्रारम्भिक चरणमा माघ २५ गते रुपन्देही जिल्लाभित्रका कक्षा १० सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ३१ जना प्रतियोगीहरुले गीत प्रस्तुत गरेका थिए ।
अन्तिम प्रतिस्पर्धाबाट इन्टेलेक्चुअल एकेडेमीकी निहारिका ढुङ्गाना द्वितीय, सन मोडेल इङ्ग्लिश बोर्डिङ स्कुलकी दीक्षा पुन तृतीय र बुद्धदीप इङ्ग्लिश बोर्डिङ स्कुलकी शान्ति गुरुङ तथा कान्ति मा.वि.की क्रिस्टिना खनालले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियागितामा प्रथम भएका भूर्तेलले ३० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ढोँजूको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्य, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारी, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा, अभिभावक संघका केन्द्रीय सदस्य तथा रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष यज्ञप्रसाद पङ्गेनी, बुटवल उपमहानगर पालिका माध्यमिक शिक्षा शाखाका प्रमुख टीकाराम पन्थी, राष्टिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारीको विशिष्ट आतिथ्यता, हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, एभरेष्ट मा.वि.का प्राचार्य कृष्णप्रसाद न्यौपाने, स्कोलार्स होम बोर्डिङका प्राचार्य बाबुराम बन्जाडे, गार्गी एकेडेमीका कोडिनेटर समिर अधिकारी, सयपत्री क्याम्पसका प्रमुख बासु घिमिरे, समिट बोर्डिङका प्राचार्य टंक रेग्मी, सिद्धार्थ बोर्डिङ स्कुलका प्राचार्य याम बहादुर राना, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष उमाकान्त चापागाई, प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय ज्ञानु थापा, कलाधर अर्याल, वि.व्य.स.सदस्य वसन्तकुमार जोशी, वि.व्य.स. सदस्य तथा लेखाप्रमुख रेखा श्रेष्ठ, कार्यक्रम संयोजक श्याम बस्याल लगायतको आतिथ्यतामा सम्पन्न प्रतियोगितामा प्राचार्य टीकाराम न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेय, विजय सापकोटा र विपिन ढकालले संयुक्त रूपमा गर्नुभएको थियो ।