'सगरमाथामा कविता रचना एवं वाचन प्रतियोगिता : न्यु होराइजन प्रथम'

१ वर्ष अगाडि

देवदह। रुपन्देहीको देवदह -७ मा अवस्थित सगरमाथा आवासीय माविमा जिल्ला स्तरीय कविता रचना एवं वाचन कार्यक्रम सम्पन्न भएको छ। विद्यालयको ३१ औं वार्षिकोत्सबको अवसरमा आयोजित प्रतियोगितामा न्यु होराइजन माविका विशेषजंग कार्की प्रथम, एभरेस्ट इङलिस बोर्डिङ स्कुलकी विद्यार्थी आसुतोस भुसाल द्वितीय, ग्रीन प्लान्ट आवासीय माविकी स्वीकृति न्यौपाने तृतीय र श्री गिर्वाण सरस्वती संस्कृत तथा साधारण माविका सुवास काफ्लेले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रथम हुन सफल न्यु होराइजनले नगद १० हजार शिल्ड र प्रमाणपत्र, द्वितीय भएको एभरेस्ट बोर्डिङले नगद ७ हजार शिल्ड र प्रमाणपत्र, तृतीय भएको ग्रीन प्लान्टले नगद ५ हजार शिल्ड र प्रमाणपत्र तथा सान्त्वना भएको गिर्भाण सेकेन्डरी स्कुलले नगद ३ हजार र प्रमाणपत्र प्राप्त गरेको विद्यालयले जनाएको छ।

कविता प्रतियोगिताको निर्णायकको भूमिकामा त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाक्टर हिरण्यलाल ज्ञवाली र बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक डाक्टर सालिग्राम पौडेल रहनुभएको थियो। कविता रचना तथा वाचन प्रतियोगितामा रुपन्देहीका १५ वटा विद्यालयको सहभागीता रहेको थियो।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै विद्यालयका संस्थापक प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले वार्षिकोत्सबको अवसरमा नगर स्तरीय छात्रा भलिबल प्रतियोगिता सम्पन्न गरेको र विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागी विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गरिएको जानकारी दिनुभयो। त्यस्तै अभिभावक शिक्षक खेलकुद प्रतियोगिता, बृहत् निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको जानकारी दिनुभयो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज मरासिनी को अध्यक्षता, वरिष्ठ गजलविद डाक्टर घनश्याम न्यौपाने परिश्रमीको प्रमुख आतिथ्यता सह प्राचार्य लेखनाथ काफ्ले र सगरमाथा बाल क्लबका अध्यक्ष प्रशंसा अधिकारीको स्वागत र विद्यालयका शिक्षक प्रदिप अधिकारीको संचालनमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने