'रिब्दीकोट गाउँपालिकाले दुई सय टनेल निर्माण गर्ने'

१ वर्ष अगाडि

रिब्दीकोट गाउँपालिकामा यस वर्ष स्थायी र अस्थायी गरी दुई सय टनेल निर्माण हुने भएका छन् ।
.
रिब्दीकोट कृषि परियोजना (RAP)अन्तर्गत रिब्दीकोटका आठै वडामा बन्ने टनेलको सम्झौता एबं अभिमुखिकारण कार्यक्रम तथा नमूना टनेलको रिब्दीकोट गाउँ पालिका अध्यक्ष नारायण कार्कीले उद्घाटन गर्नु भयो ।
रिब्दीकोट लाई कृषि पर्यटनको रुपमा विकास गर्न अकबरे खुर्सानी,बेसार हुँदै तरकारी उत्पादन लाई बृद्धि गर्न टनेल सहयोग कार्यक्रम ल्याइएको बताउनु भयो ।
सोही अवसरमा वडा नम्बर १ का वडा अध्यक्ष चिरञ्जीवी पोखरेलले रिब्दीकोट लाई कृषि उत्पादनमा जोड दिई कृषक प्रोत्साहन कार्यक्रम ल्याइएको हो भन्नुभयो ।
पालिका का पूर्व अध्यक्ष नारायण जी सी ले अकबरे मा जस्तै अन्य तरकारी उत्पादनमा जोड दिई बजारीकरणमा किसान लाई सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
रिब्दीकोट गाउँ पालिका र हेफर प्रोजेष्ट नेपालको आर्थिक सहयोग तथा रेडा पाल्पाको सहजीकरणमा संचालित रिब्दीकोट कृषि परियोजना मार्फत गत वर्ष ७८ वटा स्थायी टनेल निर्माण गरिसकीएको र आगामी वर्ष पनि एक सय स्थायी र आबस्यकता अनुसारका अस्थायी टनेल निर्माण गर्ने परियोजनाको उद्देश्य रहेको परियोजनाका संयोजक थमन कार्कीले जनाएकाे पाल्पा ख्याहाबाट राम प्रसाद न्याैपानेले जानकारी दिनु भयो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
😊
खुशी
0%
😢
दुःखी
0%
🤔
अचम्मित
0%
😆
उत्साहित
0%
😡
आक्रोशित
कुल प्रतिक्रिया: 0
यो पनि पढ्नुहोस

पाल्पामा जोत्दै गरेको ट्याक्टरले च्यापिएर चालकको मृत्यु

नेपाल स्काउटको लुम्बिनी प्रदेश स्तरिय चेंजमेकर कार्यक्रम सम्पन्न

शनिबार र आइतबार सार्वजनिक बिदा, कार्यालय समय ९ देखि ५ कायम

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

सशस्त्र प्रहरीका इन्सपेक्टर घुससहित धनुषाबाट पक्राउ

कलाकार ‘बले’ माथि जबर्जस्ती सम्बन्धको आरोप

गृहमन्त्री सुधन गुरुङद्वारा सदनमा तीन वटा अध्यादेश पेश

यो सरकार काम गरेर बोल्ने छ -सभापति रबि लामिछाने