रुपन्देही । रुपन्देहीको देवदहमा प्राङ्गारीक मल (गँड्यौले मल)को उपयोग सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ। निर्माण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन गर्दै रुपन्देही जिल्ला बहुउद्देश्यीय सहकारी संघका सचिव यादव प्रसाद कोईरालाले सहकारीले सञ्चालन गरेका गतिविधिहरु जिल्लामा उदाहरणीय भएको उल्लेख गर्नुभयो । उहाले गँड्यौले मलको प्रयोगले विषादीरहित तरकारी उत्पादन गर्न सकिने भएकाले यो स्वस्थ जीवनका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । साथै, यसले किसानहरुको आय आर्जनका लागि नयाँ संभावना समेत सावित हुन सक्ने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा रेडियो देवदहका महासचिव दिपक न्यौपाने, संस्थाका कोषाध्यक्ष अमृत बहादुर फुल्लेल लगाएतले आ-आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण हरी भण्डारीले गर्नुभएको थियो ।कार्यक्रममा सहभागीहरुलाई गँड्यौले मलको उपयोग र यसबाट हुने फाइदाबारे विस्तृत जानकारी दिइएको थियो । कार्यक्रमले जैविक कृषि प्रणालीलाई प्रवर्द्धन गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रम सहकारीका अध्यक्ष मोतिलाल ढकालको अध्यक्षता, उपाध्यक्ष सन्दरी गिरीको स्वागत र सचिव केशर बहादुर पुनको सञ्चालनमा सम्पन्न भएको थियोे । कार्यक्रममा स्थानीय किसान, सहकारीका सदस्य र प्राविधिकहरुको उल्लेख्यनीय सहभागीता रहेको थियो।